काँग्रेस उपसभापति गच्छदारको सबै सम्पत्ति रोक्का

काठमाडौँ । बहुचर्चित ललिता निवास प्रकरणमा संलग्नको सम्पत्ति भाइरहेको छ। छानबिनका क्रममा पूर्वउपप्रधानमन्त्री एवम् नेपाली काँग्रेसका उपसभापति विजयकुमार गच्छदारको सम्पत्ति रोक्का गरिएको छ।

सम्पत्ति शुद्धीकरण तथा अनुसन्धान विभागले काठमाडौँ, सुनसरी र मोरङमा रहेको उनको सम्पत्ति रोक्का गरेको हो। गच्छदारसहित ललिता निवास जग्गा प्रकरणमा संलग्नमाथि विभागले सम्पत्ति छानबिन गरिरहेको छ।

Advertisement

उक्त प्रकरणमा संलग्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातको यसअघि नै विभागले सम्पूर्ण सम्पत्ति रोक्का गरेको थियो। विभागले यसमा संलग्न पूर्वमन्त्री र कर्मचारीविरुद्ध छिट्टै मुद्दा दायर गर्ने तयारी गरेको स्रोतले जनायो। आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ।

More News last news
Loading...