काठमाडौँ उपत्यकामा २४ घण्टामा थपिए १६ सय ९८ जना संक्रमित

काठमाडौँ । उपत्यकामा १ हजार ६९८ कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा उपत्यकामा मात्रै १ हजार ६९८ जना संक्रमित भएका स्वास्थ्य मन्त्रालयले आइतबारको पत्रकार सम्मेलनमा जानकारी दिएको हो ।

मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार काठमाडौंमा १ हजार ४५१, ललितपुरमा १३० र भक्तपुरमा ९९ जना संक्रमित भए ।

Advertisement

२४ घण्टामा १४ हजार ८७५ पीसीआर परीक्षण भएका छन् ।

More News last news
Loading...