काठमाडौँ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी) डिप्लोमारप्रमाणपत्र तहको एक विषय मौका परीक्षा २२ कात्तिकमा सञ्चालन गर्ने भएको छ ।
नोवेल कोरोना भाइरस (कोभिड-१९) का कारण गत चैतपछि रोकिएको डिप्लोमारप्रमाणपत्र तहको नियमित तथा छात्रवृत्ति कार्यक्रमको एक विषय मौका परीक्षा नेपाल सरकारकाले तोकेको सुरक्षा मापदण्ड पालना गरेर सञ्चालन गर्न लागिएको सीटीईभीटीले जनाएको छ ।
मौका परीक्षाका लागि सबै प्रदेशमा एक-एक वटा परीक्षा केन्द्र तोकिएको छ । प्रदेश–१ को ज्योति मावि, इटहरी, प्रदेश–२ को जनता मावि, बेल्ही, जनकपुर, बागमतीको बालाजु स्कूल अफ इञ्जिनियरिङ एण्ड टेक्नोलोजी, बालाजु, गण्डकीको धर्मस्थली आधारभूत विद्यालय, मालेपाटन, पोखरा, लुम्बिनी प्रदेशको देउराली जनता मावि, जितगढी, बुटवल, कर्णालीको सुर्खेत शिक्षा क्याम्पस, वीरेन्द्रनगर र सुदूरपश्चिमको सरस्वती मावि धनगढी–७, मनहरा, कैलाली परीक्षा केन्द्र तोकिएको सीटीईभीटीले जानकारी दिएको छ।
जुनसुकै प्रदेश वा शिक्षण संस्थाबाट परीक्षा आवेदन फारम भरेको भए पनि आफूलाई पायक पर्ने प्रदेश अन्तर्गतको तोकिएको परीक्षा केन्द्रमा सक्कल प्रवेश पत्र र फोटोसहितको नागरिकता-लाइसेन्स जस्ता फोटो सहितको सक्कल परिचय पत्र देखाएर परीक्षा दिन सकिने सीटीईभीटी परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
