काठमाडौँ । पूर्वमन्त्री डा डम्बरनारायण यादवको ८५ वर्षको उमेरमा निधन भएको छ । विराटनगरमा उपचारको क्रममा उनको निधन भएको उनका छोरा मनोज यादवले बताए ।
सप्तरीस्थित आफ्नो निवासमा चार दिनअघि अचानक बेहोस भएपछि उपचारका लागि विराटनगर लगिएको थियो । ब्रेन हेम्ब्रेजका कारण उनको निधन भएको पारिवारिक स्रोतले बताइएको छ।
पञ्चायती व्यवस्थामा शिक्षा मन्त्री रही सकेका यादव प्रजातन्त्र आएपछि नेपाल सद्भावना पार्टीमा सक्रिय भएका थिए । उनी मधेशी नागरिक समाजका अध्यक्षको हैसियतामा विभिन्न समाजिक कार्यमा समेत संलग्न हुँदै आएका थिए । उनको दाहसंस्कार आज सप्तरीमै हुँदैछ ।
उनका एकजना छोरा र एकजना छोरी छन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
