नेकपा उपाध्यक्ष गौतमका सवारी चालक र सुरक्षाकर्मीलाई कोरोना

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष तथा पूर्व गृहमन्त्री वामदेव गौतमको सुरक्षामा खटिएका केही सुरक्षाकर्मी र सवारी चालकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

गौतमका प्रेस सहयोगी विश्वमणि सुवेदीका अनुसार उनको परिवार र सचिवालयका सदस्यहरूमा भने अहिलेसम्म कुनै समस्या देखिएको छैन।

Advertisement

सुरक्षाकर्मी र चालकलाई कोरोना संक्रमण पुष्टि भएपछि अहिले सम्पूर्ण भेटघाट बन्द गरिएको सुवेदीले जानकारी दिए।

More News last news
Loading...