नेपालमा एकै दिन ४ हजार ३९२ जनामा कोरोना पुष्टि

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ३९२ जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेरशवर गौतमले शुक्रबारको नियमित प्रेस ब्रिफिङमा नेपालमा थप ४ हजार ३९२ जनामा कोरोना पुष्टि भएको जानकारी दिए।

नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख २६ हजार १ सय ३७ पुगेको छ।

Advertisement

त्यस्तै नेपालमा सक्रिय संक्रमितको संख्या ३७ हजार ३८२ पुगेको छ। जसमा संस्थागत आइसोलेशनमा १२ हजार ३३६ र होम आइसोलेशनमा २५ हजार ४६ जना रहेका छन्।

यसैगरी पछिल्लो २४ घण्टामा कोरोनामुक्त भएर ३ हजार ५ सय २२ जना डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ८८ हजार ४० जना पुगेको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप २१ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ सय १५ पुगेको छ।

More News last news
Loading...