गण्डकीमा बिहीबार एकै दिन सर्बाधिक १६९ जनामा कोरोना पुष्टि

पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५ हजार ३ सय ५६ पुगेको छ । बिहिबारमात्र १ सय ६९ संक्रमित थपिए। यो संख्या एकै दिनमा संक्रमण पुष्टि हुने अहिलेसम्मकै उच्च हो ।

प्रदेश स्वास्थ्य निर्देशनालय, पोखराका अनुसार गएको २४ घण्टामा पोखरामा ६ सय ७३ जनाको परीक्षण भएकोमा १ सय ६९ संक्रमित पहिचान भएका हुन्। प्रदेशमा सक्रिय संक्रमित भने १ हजार ८ सय २१ जना छन्। कास्कीमा मात्रै ७ सय ११ सक्रिय संक्रमित रहेका छन्।

Advertisement

कुल संक्रमितमध्ये बिहिबार १८ जना निकोसँगै कुल निको हुने संख्या ३ हजार ४ सय ८८ पुगेको छ। बिहिबार थप १ जना कोेरोना संक्रमितको मृत्यु भयो भने प्रदेशका कुल ४७ कोरोना संक्रमितको मृत्यु भैसकेको स्वास्थ निर्देशक डा. विनोदबिन्दु शर्माले जानकारी दिए।

बिहिबार सबैभन्दा बढी नवलपुर जिल्लामा ५८ जना थपिए । त्यस्तै बागलुङमा ५१, कास्की ३५, तनहुँ ११, गोरखा ७, म्याग्दी ४ र लमजुङ ३ जना छन्।

More News last news
Loading...