नवनियुक्त ३ मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौँ । नवनियुक्त तीन जना मन्त्रीले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा बुधबार मन्त्री नियुक्त भएका तीन जनाले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।

Advertisement

बिहीबार शितल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रीहरु विष्णु पौडेल, कृष्ण गोपाल श्रेष्ठ र लिलानाथ श्रेष्ठलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएकी हुन् ।

बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थ मन्त्रालयमा विष्णु पौडेल, शहरी विकास मन्त्रालयमा कृष्ण गोपाल श्रेष्ठ र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री लीलानाथ श्रेष्ठलाई मन्त्री नियुक्त गर्न सिफारिस गरेका थिए ।

राष्ट्रपति भण्डारीले बिहीबार नै उनीहरुलाई सम्बन्धित मन्त्रालयको मन्त्रीमा नियुक्त गरेकी हुन् ।

शपथ ग्रहण कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री ओली, सभामुख अग्निप्रसाद सापकोटालगायतको उपस्थिति रहेको थियो।

नवनियुक्त मन्त्रीहरूले बिहीबार नै पदभार ग्रहण गरेका छन् ।

More News last news
Loading...