पोखरा । कर्मचारीमा कोरोना संक्रमण देखिएपछि पोखरा महानगरपालिकाको सेवा अनिश्चितकालका लागि बन्द गरिएको छ।
मेयर मानबहादुर जिसीले सूचना निकालेर अत्यावश्यकबाहेक सम्पूर्ण सेवा बन्द रहने जानकारी दिएका हुन्।
विज्ञप्तिमा भनिएको छ, “यस महानगरपालिकामा कार्यरत केही कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएको र अन्य केही कर्मचारीहरु समेत स्वास्थ्य मापदण्डको कारणले कन्ट्रयाक ट्रेसिङमा पर्न गएकाले यस महानगरपालिका कार्यलयबाटप्रदान गरिने अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको छ।”

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
