सत्ताको तुजुक नदेखाउन नेकपा प्रवक्ता श्रेष्ठलाई पूर्वप्रधानमन्त्री भट्टराईको चेतावनी

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठलाई सत्ताको तुजुक नदेखाउन चेतावनी दिएका छन्।

बूढीगण्डकी जलविद्युत आयोजनाबाट नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड र काँग्रेस सभापति शेरबहादुर देउवाले अर्बौ घुस लिएको आरोप बाबुरामले लगाएका थिए।

Advertisement

प्रवक्ता श्रेष्ठले बुधवार विज्ञप्ति प्रकाशित गरी घुस लिएको कपोकल्पित आरोपबारे बाबुरामले सार्वजनिक माफी माग्नुपर्ने बताएका थिए।

भट्टराईले बुधवार ट्वीट गर्दै भनेका छन् “बुढीगण्डकी, एनसेल, वाइडबडी, सुरक्षा प्रिन्टिंग, यति, ओम्नी लगायत सबै ठूला भ्रष्टाचार काण्डको छानवीन र दण्डसजाय गर्न अधिकारसम्पन्न जनलोकपाल गठन गरौं। सबै उच्च पदासीनहरूको सम्पत्ति छानवीन गरौं। म पूर्ण सहयोग गर्न र दोषी ठहरे दण्डित हुन तयार छु। जस्केलाबाट छिर्नेहरूले सत्ताको तुजुक नदेखाउ” ।

भट्टराईले श्रेष्ठलाई जस्केलाबाट संसद छिरेको आरोप लगाएका छन्।

More News last news
Loading...