काठमाडौँ । तारकेश्वर–११ निवासी युवा नेता राजकुमार खड्का राप्रपाको केन्द्रिय सदस्यमा मनोनित भएका छन्।
युवा नेता खड्का सहित तारकेश्वरका अन्य ४ जना नेता केन्द्रिय सदस्यमा मनोनित भएका हुन्। जसमा कपुर लामा, टंक प्रसाद अधिकारी, चिराग कुँवर र केदार फुयाल रहेका छन्।
युवा नेता खड्काले राप्रपा तारकेश्वर नगर कमिटीको अध्यक्ष र बाग्मती प्रदेशको सहसचिवको भूमिका निर्वाह गरिसकेका छन्।
नेता खड्का ऐतिहासिक स्थानीय तहको निर्वाचन-२०७४ मा राप्रपा (नेपाल) को तर्फबाट तारकेश्वरको मेयरका उम्मेदवार समेत हुन्। नेता खड्का राप्रपामा काठमाडौं जिल्लाका प्रभावशाली युवा नेताका रुपमा रहेका छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
