अब आबुधाबी-काठमाडौँ सस्तोमा उडान भर्दै एअर अरेबिया

यूएई । एअर अरेबियाले आबुधाबी–काठमाडौँ सस्तोमा नयाँ उडानहरु गर्ने भएको छ।

एअरलाइन्सले अबुधाबी अन्तर्राष्ट्रिय विमानस्थलबाट आउँदो शनिबारदेखि सातामा चार उडान गर्ने भएको हो ।

Advertisement

एकतर्फी उडानको न्यूनतम भाडादर २ सय १६ डलर अर्थात यो समाचार तयार पार्दाको विनिमय दर अनुसार २५ हजार तीन सय २८ रुपैयाँ तोकिएको एअरलाइन्सले जनाएको छ । यो शुल्क अहिले सबैभन्दा सस्तो हो ।

एअर अरेबियाको एअरबस ए ३२० सोमबार, बुधवार, शुक्रबार र शनिबार बिहान ९ बजे काठमाडौँका लागि उड्नेछ । दिउँसो ३ बजे नेपाल पुगेर त्यसै दिन जहाज ३ः४५ मा आबुधाबी फर्कने छ।

More News last news
Loading...