दसैँमा घर गएपछि सातदिन अनिवार्य क्वारेन्टिन बस्नुपर्ने

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यात्रा गर्नु अघि ७ दिन र गतव्यमा पुगिसेपछि ७ दिन अनिवार्य रूपमा क्वारेन्टिनमा बस्नुपर्ने जनाएको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले घर जानुभन्दा अगाडि वा कतै यात्रा गर्ने योजनामा भए अनिवार्य रूपमा क्वारेन्टिन बस्नुपर्ने सरकारले निर्णय गरेको बताए।

Advertisement

‘७ दिन एकान्तबासमा बसेपछि कोरोना भाइरसको कुनै लक्षण वा चिन्ह छैन भने यात्रा गर्नुहोस,’ डा. गौतमले भने, ‘गतन्व स्थानमा पुगेपछि पुन ७ दिन अनिवार्य क्वारेन्टिन बस्नुपर्नेछ।’

More News last news
Loading...