अब बङ्गलादेशमा बलात्कारमा संलग्नलाई मृत्युदण्डसम्मको सजाय हुने

काठमाडौँ । बङ्गलादेशमा बलात्कारमा संलग्नलाई मृत्युदण्डसम्मको सजाय हुने सक्ने प्रावधान राखिएको छ।

बङ्गलादेशमा कानुन संशोधन गरी बलात्कारको अपराधमा अधिकतम सजायका रूपमा मृत्युदण्ड दिन सकिने प्रावधान राखिएको बीबीसीले जनाएको छ।

Advertisement

बङ्गलादेशका कानुनमन्त्री अनिसुल हकले संशोधित कानुन राष्ट्रपतिबाट मङ्गलबार जारी हुने र तत्काल लागू हुने बताएका छन्।

गएको हप्ता एक महिलाको सामूहिक बलात्कार गरिएको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि देशव्यापी विरोध प्रदर्शन सुरु भएको थियो।

त्यसपछि प्रधानमन्त्री शेख हसिनाको नेतृत्वमा मङ्गलबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले कानुन संशोधन गर्ने प्रस्ताव स्वीकृत गर्दै अध्यादेशबाट नयाँ कानुन ल्याउने निर्णय गरेको हो।

More News last news
Loading...