आज एकै दिन थपिए ४ हजार ४७ जना कोरोना संक्रमित

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप ४ हजार ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा सोमबार प्रवक्ता डा जागेश्वर गौतमले थप ४ हजार ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए। यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ११ हजार ८ सय २ पुगेको छ।

Advertisement

यसैगरी पछिल्लो २४ घण्टामा कोरोनामुक्त भएर १४ सय ७३ जना डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ७७ हजार २ सय ७७ जना पुगेको छ। योसँगै देशभरि सक्रिय संक्रमितको संख्या हालसम्म ३३ हजार ८८० पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप ९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ सय ४५ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुुसार हालसम्म पीसीआर विधिबाट ११ लाख ९१ हजार ५१४ परीक्षणहरु गरिएका छन् । २४ घण्टामा जम्मा १४ हजार ५३० पीसीआर परीक्षण भएका छन् । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ४ हजार ८३१ जना रहेका छन् ।

More News last news
Loading...