शिक्षामन्त्री पोखरेललाई कोरोना पुष्टि, पाटन अस्पताल भर्ना

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई कोरोना संक्रमण पुष्टि भएको छ।

शनिबार राति ज्वरो आएर पाटन अस्पताल भर्ना भएका मन्त्री पोखरेलको पीसीआर परीक्षण गर्दा आइतबार रिपोर्ट पोजिटिभ देखिएको उनका स्वकीय सचिव पुरन खड्काले जानकारी दिए।

Advertisement

पाटन अस्पतालमै उपचाररत मन्त्री पोखरेलको स्वास्थ्य अवस्थामा केही सुधार भएको र उनी ज्वरोमुक्त भएको खड्काले बताए।

यसैबीच मन्त्री पोखरेलको सचिवालयले उनीसँग सम्पर्कमा आएका सबैलाई सतर्क र सुरक्षित हुन आग्रह गरेको छ।

More News last news
Loading...