काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १४ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार आयोजित पत्रकार सम्मेलनमा काठमाडौँमा ११ सय ४५, ललितपुरमा १६१ र भक्तपुरमा ११० जना संक्रमित देखिएको जानकारी दिएको हो।
२४ घण्टामा जम्मा १२ हजार ७२७ पीसीआर परीक्षण भएका छन्।
त्यस्तै पछिल्लो २४ घण्टामा देशभर २ हजार ७१ जना संक्रमित भएका छन्। त्यस्तै देशभरी सक्रिय संक्रमितको संख्या ३१ हजार ३ सय १५ पुगेको छ।
यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर १५ सय ५२ जना घर फर्किएका छन्। यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ७५ हजार ८ सय ४ पुगेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
