काठमाडौँ । कोरोना भाइरस संक्रमणबाट एकैदिन २२ जनाको मृत्यु भएको छ।
पछिल्लो २४ घण्टामा २२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराएको हो।
मन्त्रालयका अनुसार मृत्यु हुनेमा ५ महिला र १७ पुरुष रहेका छन् । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ६ सय ३६ पुगेको छ।
पछिल्लो २४ घण्टामा देशभर २ हजार ७१ जना संक्रमित थपिएका छन्।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
