अमेरिकासम्म मार हान्न सक्ने दाबी गरिएको उत्तर कोरियाली क्षेप्यास्त्र सार्वजनिक

एजेन्सी । अमेरिकासम्म मार हान्न सक्ने दाबी गरिएको ‘आइसीबीएम’ नामको क्षेप्यास्त्र उत्तर कोरियाले सार्वजनिक गरेको छ।

शनिबार उत्तर कोरियाको सत्तारूढ वर्कर्स पार्टीको ७५औं वार्षिकोत्सवको अवसरमा विशाल सैन्य परेड निकालिदा सार्वजनिक भएको ‘आइसीबीएम’ नामक क्षेप्यास्त्रले अमेरिकासम्म मार हान्न सक्ने ब्लुमबर्गले जनाएको छ।

Advertisement

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै उत्तर कोरियाका शासक किम जोङ उनले शत्रुको सम्भावित खतराबाट जोगिन युद्ध क्षमताको सुदृढीकरण गरेको बताए।

‘दुश्मनले आणविक खतराका साथै विभिन्न चुनौती थपेका छन्, हामी हाम्रो युद्ध क्षमताको सुदृढीकरण जारी राख्नेछौं, ताकि सबै प्रकारका जोखिमपूर्ण प्रयासहरू र खतराहरूलाई रोक्न सकौं।’

उत्तर कोरियाले आफूले सन् २०१८ को क्षेप्यास्त्र निशस्त्रीकरणको सम्झौतालाई पालना गरे पनि अमेरिकाले सर्त पूरा नगरेको आरोप लगाउँदै आएको छ।

More News last news
Loading...