काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
शुक्रबार बेलुकी ज्वरो आएपछि मन्त्री भट्टराईले शनिबार स्वाब परीक्षणका लागि दिएका थिए। आफ्नो रिपोर्ट पोजेटिभ आएको मन्त्री भट्टराईले बताएका छन्।
उनले आफ्नो सम्पर्कमा आएकाहरुलाई सतर्क रहन र कुनै समस्या देखिए परीक्षण गराउन आग्रह समेत गरेका छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
