काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप ४ हजार ३ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले नेपालमा एकै दिन अहिलेसम्मकै सार्वधिक ४ हजार ३ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए। यो सँगै नेपालमा हालसम्म कूल संक्रमितको संख्या ९८ हजार ६१७ पुगेको छ।
त्यस्तै देशभर सक्रिय संक्रमितको संख्या हालसम्म २६ हजार ६८४ जना रहेको छ। बुधबार ३ हजार ४३९ संक्रमित थपिएका थिए। २४ घन्टामा १८ हजार ४७३ पीसीआर परीक्षण भएका छन्।
२४ घण्टामा कोरोना संक्रमणबाट मुक्त भइ घर फर्किनेको संख्या २ हजार ६७५ रहेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
