जाजरकोटमा जीप दुर्घटना हुँदा वडाध्यक्षसहित ५ जनाको मृत्यु

जाजरकोट । जाजरकोट जुनिचाँदी गाउँपालिका १ को अउल खोला नजिकै जीप दुर्घटना हुँदा वडा अध्यक्षसहित पाँच जनाको मृत्यु भएको छ।

सदरमुकाम खलङ्गाबाट जुनिचाँदी गाउँपालिकातर्फ छुटेको भे १ ज ९३५ नम्बरको जीप पल्टिँदा जुनिचाँदी गाउँपालिका वडा नम्बर ११ का अध्यक्षसहित पाँच जनाको ज्यान गएको प्रहरीले जनाएको छ।

Advertisement

दुर्घटनामा ज्यान गुमाएकामध्ये वडाध्यक्ष अमरबहादुर शाही र कीर्तिबहादुर शाहीको परिचय खुलेको छ। अरुको पहिचान हुन पाएको छैन।

More News last news
Loading...