काठमाडौँमा ६ सहित थप १५ जनाको कोरोनाबाट मृत्यु

काठमाडौँ । काठमाडौँका ६ सहित कोरोना भाइरसबाट थप १५ जनाको मृत्यु भएको छ। काठमाडौँका मृतकमा ४ जना पुरुष रहेका छन् भने २ महिला रहेका छन्।

त्यस्तै ललितपुरमा १ जना पुरुषको मृत्यु हुँदा दाङ, सिरहा र रौतहटमा पनि १/१ महिलाको मृत्यु भएको छ।

Advertisement

त्यस्तै मोङमा थप २ पुरुषको पनि मृत्यु भएको छ भने चितवन, रुपन्देही र नवलपरासीमा पनि १/१ जना पुरुषको मृत्यु भएको छ।

स्वास्थय मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले ५ महिला र १० पुरुष गरी थप १५ जनाको मृत्यु भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या हालसम्म ५७८ पुगेको जानकारी दिए।

More News last news
Loading...