प्रदेश ५ को नाम लुम्बिनी र राजधानी भालुवाङ राख्ने प्रस्ताव दुई तिहाइले पारित

काठमाडौँ । प्रदेश नम्बर ५ को स्थायी राजधानी र नामको विषय टुंगो लागेको छ।

विशेषगरी प्रदेश नम्बर ५ को राजधानी बुटवल कि दाङ भन्नेमा तीव्र विवाद रहँदै आएकोमा मंगलबारको भोटिङबाट प्रदेशको स्थायी राजधानी दाङको देउखुरी हुने टुंगो लागेको छ भने प्रदेशको नाम पनि लुम्बिनी भएको छ ।

Advertisement

प्रदेशसभाको मंगलबारको बैठकमा भएको भोटिङबाट दुई तिहाइ बहुमतका साथ दाङको देउखुरीलाई राजधानी बनाउने प्रस्ताव पारित भएको हो ।

भोटिङको पक्षमा ६९ र विपक्षमा १३ मत खसेको सभामुख पूर्ण बहादुर घर्तीले जानकारी दिए । सभामुखका अनुसार प्रदेशसभामा ८७ सदस्य रहेकामा राजधानीको छिनोफानो गर्ने भोटिङमा ८२ सांसद उपस्थित रहे ।

More News last news
Loading...