एजेन्सी । बिहेकै दिन बेहुलाले कुटेर बेहुलीको हत्या गरेका छन् । घटनाको रुसको नोबासिबिरिकको हो।
३३ वर्षका यी बेहुलाले अन्य पाहुनाकै अगाडी बेहुलीलाई कुटेर मारेका हुन् । ओकासाना नामकी बेहुली ३६ वर्षकी थिइन् ।
डरका कारण बेहुलीलाई बचाउन भने कोही पनि सरेनन् । यस पार्टीमा सबै पाहुनाहरु रक्सीले मातेका थिए।
प्रहरीले आरोपित युवकलाई पक्राउ गरिसकेको छ। प्रहरी स्रोतकाअनुसार स्टिफन डोलगिख नामका यी युवक यसअघि पनि हत्या तथा लुटपाटको आरोपमा जेल बसिसकेका छन्।
डोलगिखले पुरानो अपराधका लागि जेल जीवन बिताइरहेका बेला ओकसानासँग उनको चिनजान भएको अनुसन्धानबाट खुलेको छ।
त्यसपछि उनीहरुले बिहे गर्ने फैसला गरेका थिए। स्थानीय प्रहरीकाअनुसार बिहे भोज चलिरहेका बेला बेहुला–बेहुलीबीच झगडा भयो, त्यसपछि बेहुला आवेशमा आए। रक्सीले मातेका बेला अन्य एक युवकको डाहा लागेपछि उनले श्रीमतीमाथि कुटपिट थाले।
अनुसन्धानमा खटिएका प्रहरी किरिल पित्रुसिनका अनुसार यी युवकले युवतीमाथि मुक्का प्रहार गर्ने र उनलाई लात्तीले हान्ने काम पाहुनाहरुकै अगाडि गरेका थिए।
त्यसपछि उनले घरभित्र लगेर थप कुटेको, कपाल तातेर टाउकोमा हिर्काएर र सडकमा लगेर फालेको अनुसन्धानबाट देखिएको छ। दुलहीले खराब व्यवहार गरेका कारण आफ्नो होश गुमेको र घटना घटेको प्रतिक्रिया दुलाहाले दिएका छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
