काठमाडौँ । नेपालमा कोरोना भाइरसबाट एकै दिन थप १९ जनाको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५५४ पुगेको छ।
त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ४४० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।
सोमबारको नियमित प्रेस ब्रिफिङकम स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौँ उपत्यकामा मात्रै १ हजार ५३१ जनामा संक्रमण पुष्टि भएको बताए। उनका अनुसार काठमाडौँमा ११७८, भक्तपुरमा १०३ र ललितपुरमा २५० जनामा संक्रमण पुष्टि भएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ११ सय ३३ जना निको भएसँगै देशभर कोरोना निको हुनेको कुल संख्या ६५ हजार २०२ पुगेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
