नेपालमा थप २४ सय ४० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २४ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा सोमबार प्रवक्ता डा जागेश्वर गौतमले नेपालमा थप २४ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए। यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ८९ हजार २ सय ६३ पुगेको छ।

Advertisement

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोनामुक्त भएर १ हजार १ सय ३३ जना डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ६५ हजार २ सय २ जना पुगेको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप १९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५५४ पुगेको छ।

मन्त्रालयका अनुुसार हालसम्म पीसीआर विधिबाट १० लाख ८८ हजार २२९ परीक्षणहरु गरिएका छन्।

त्यसैगरी २४ घण्टामा जम्मा १३ हजार ७८१ पीसीआर परीक्षण भएका छन्। हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ४ हजार ३३ जना रहेका छन् । त्यसैगरी सकृय संक्रमितको संख्या २३ हजार ५०७ जना रहेको छ।

More News last news
Loading...