बुटवल । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश ५ को संसदीय दलले प्रदेशको राजधानी दाङ गर्ने प्रस्तावमा मतदान गर्न आफ्ना सांसदलाई ह्विप जारी गरेको छ।
आज (सोमबार) बसेको नेकपा संसदीय दलको बैठकले राजधानी दाङ गर्ने प्रस्तावमा मतदान गर्न सांसदलाई ह्विप लगाएको हो।
मुख्यमन्त्री शंकर पोखरेलको अध्यक्षतामा बसेको दलको बैठकले दाङलाई राजधानी बनाउने प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गर्दै सांसदहरुलाई यस्तो निर्देशन दिएको हो।
बैठक पछि नेकपा प्रदेश ५ का प्रमुख सचेतक भूमिश्वर ढकालले दाङलाई प्रशासनिक राजधानी र बुटवललाई आर्थिक तथा पर्यटकीय राजधानी बनाउने गरी विकास गर्ने लक्ष्यका साथ प्रस्ताव ल्याइएको जानकारी दिए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
