छोडिदिनुहोस् डाइटिङ व्यायाम, बढेको पेट घटाउने यस्तो छ वैज्ञानिक उपाय

काठमाडौँ । पेटमा जम्मा भएको बोसो धेरैको टाउँको दुखाईको विषय बन्ने गर्दछ। वजन कम गर्न लागेका व्यक्तिका लागि पेट घटाउन कुनै चुनौतीभन्दा कम हुँदैन्।

यस्तो अवस्थामा समाधान गर्नका लागि विशेषज्ञले एक नयाँ प्रविधि उपचार विधिको दाबी गरेका छन्।

Advertisement

वैवानिकले डाइटिङ र धेरै व्यायाम गर्दा हैरान भएका व्यक्तिका लागि कार्बोक्सीथेरापी प्रविधि पत्ता लगाएका हुन्। यस प्रविधिबाट शरीरमा कार्बन डाइअक्साइड ग्यास इजेक्सन मार्फत शरीरमा प्रवेश गराइने गरिन्छ। अमेरिकाको इलिनयस्थित नर्थवेस्टर्न मेडिसियनले यो अध्ययन गरेको थियो।

सोधकर्ताका अनुसार इन्जेक्सन मार्फत कार्बन डाइअक्साइड ग्यास दिदा पेटको बोसो कम हुने गर्दछ। र बढेको पेट विस्तारै घट्न थाल्दछ।

प्रमुख शोधकर्ता डा मुराद आमलका अनुसार कार्बोक्सीथेरापीका लागि लिएको क्लीनिकल अध्ययनबाट पेटको आकार दुरुस्त राख्न लामो समयसम्म आराम मिल्ने गर्दछ।

डा आलमका अनुसार इजेक्सन मार्फत दिएको कार्बन डाइअक्साइड दिदा माइक्रोसर्कुलेशनमा परिवर्तन हुने गर्दछ र बोसोवाला कोशिका क्षतिग्रस्त हुने गर्दछ। यो अध्ययन जर्नल अफ अमेरिकन एकेडमी अफ डर्मेटोलोजीमा प्रकाशित भएको छ।

More News last news
Loading...