नेपालमा एकै दिन थप २२ सय ५३ जना कोरोना संक्रमित थपिए

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २२ सय ५३ जनामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ।

आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले थप २ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन्।

Advertisement

उनका अनुसार आज देशभर सक्रिय संक्रमित २२ हजार २१९ रहेका छन् । जसमा संस्थागत आइसोलेसनमा १० हजार ३२६ र होम आइसोलेसनमा ११ हजार ८९३ जना रहेका छन्।

आज १२ हजार ७८४ जनाको पीसीआर भएको छ ।

More News last news
Loading...