काठमाडौँ । कुनै दिन कोरोना भाइरसको केन्द्र बनेको स्पेनमा अब कोरोना परीक्षण भएको १५ मिनेटमै रिजल्ट पत्ता लाग्ने भएको छ।
दोस्रो पटक कोरोनाको लहर सुरु भएको स्पेनमा अब १५ मिनेटमै कोरोना परीक्षणको नतिजा आउने प्रविधि विकास भएको बीबीसीले जनाएको छ।
यो नतिजा ९५ प्रतिशत सही भएको स्पेनका स्वास्थ्य अधिकारीले दाबी गरेका छन्। अहिलेसम्म ८ लाख १० हजारमा कोरोना पुष्टि भएको स्पेनमा ३२ हजारको ज्यान गइसकेको छ।
त्यहाँ गएको २४ घण्टामा साढे ३ हजार नयाँ सङ्क्रमित थपिएका र १ सय १३ जनाको ज्यान गएको वल्ड्रोमिटरले जनाएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
