काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
असोज १५ गते पार्टी कार्यालयमा भएको स्वाब परीक्षणमा पूर्व स्वास्थ्य मन्त्री समेत रहेका गगन थापासहित काँग्रेसका ४ नेतालाई कोरोना संक्रमण देखिएको छ ।
नेता थापा सँगै काँग्रेसका नेताहरु अर्जुन नरसिँह केसी, शम्भुलाल श्रेष्ठ र अनिता चौधरीलाई पनि कोरोना संक्रमण पुष्टि भएको हो ।
कोरोना रिर्पोट पोजेटिभ देखिएसँगै नेता थापाले सामाजिक सञ्जालमा भनेका छन्, “मलाई कोभिड संक्रमण देखिएको जानकारी पाएँ। मेरो स्वास्थ्य अवस्था सामान्य छ। अहिले म घरमै आइसोलेसनमा छु।”
नेता थापाले यसबीचमा आफ्नो सम्पर्कमा रहेका सबैलाई सजगता अपनाउन र कुनै समस्या आएमा स्वास्थ्यकर्मीसँग परामर्श गर्न पनि अनुरोध गरेका छन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
