काँग्रेस नेता अर्जुननरसिंह केसीसहित ४ जनामा कोरोना पुष्टि

काठमाडौँ । नेपाली काँग्रेसका नेता अर्जुन नरसिंह केसीसहित ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

काँग्रेस पार्टी कार्यालय स्रोतका अनुसार केसीसहित केन्द्रीय सदस्यहरु शम्भुलाल श्रेष्ठ, अनिता चौधरीलगायत ४ जना रहेका छन्।

Advertisement

१९ असोजमा बस्ने केन्द्रीय कार्यसमिति बैठकका लागि काँग्रेसका पदाधिकारी तथा केन्द्रीय सदस्यहरुसहित १५९ जनाको स्वाब संकलन भएकोमा रिपोर्ट आएका मध्ये ४ जनामा पोजेटिभ देखिएको हो।

बिहीबार नेताहरुका सुरक्षा गार्ड, गाडी चालकको पनि पिसिआर परीक्षणका लागि स्वबा लिइएको थियो। साथै पार्टी कार्यालयमा सबै कर्मचारीको पनि स्वाब संकलन गरिएको थियो।

केही दिनअघि मात्र पिसिआर रिपोर्ट नेगेटिभ आएकाले सभापति शेरबहादुर देउवा र महामन्त्री शशांक कोइरालाको भने स्वाब संकलन गरिएको थिएन।

More News last news
Loading...