प्रधानमन्त्रीका सल्लाहकारसहित बालुवाटारका ७६ जनामा कोरोना पुष्टि

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा कार्यरत ७६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका स्रोतका अनुसार प्रधानमन्त्रीका सल्लाहकार, सचिवालयमा कार्यरत कर्मचारी, सुरक्षाकर्मी चालकलगायत ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

Advertisement

संक्रमितमा प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा, फोटो ग्राफर राजन काफ्ले लगायतका सचिवालयका सदस्य समेत रहेका छन्।

More News last news
Loading...