आज काठमाडौँ उपत्यकामा झण्डै दोबर कोरोना संक्रमित थपिए

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १६ सय ३८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

काठमाडौँमा १२८०, ललितपुरमा १६२, र भक्तपुरमा १९६ गरी कुल १६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।

Advertisement

यो हिजो बिहीबारको तुलनामा भण्डै दोब्बरले बढी हो । बिहीबार काठमाडौँ उपत्यकामा ९ सय ४३ कोरोना संक्रमित फेला परेका थिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार काठमाडौँमा ८१७, ललितपुरमा ६८ र भक्तपुरमा ५८ जना संक्रमित भेटिएका थिए।

आज पछिल्लो २४ घण्टामा देशभर थप २ हजार ७२२ जनामा कोरोना संक्रमित थपिएका छन।

यो सँगै देशभर सक्रिय संक्रमितको संख्या २१ हजार २३४ पुगेको छ।

More News last news
Loading...