काठमाडौँ । भारतको प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय कांग्रेसका दुई शीर्ष नेता बिहीबार पक्राउ परेका छन्।
पार्टीका निवर्तमान अध्यक्ष राहुल गान्धी र महासचिव प्रियंका गान्धीलाई प्रहरीले यमुना द्रूतमार्ग नजिकैबाट बिहीबार दिउँसो गिरफ्तार गरेको हो।
गएको सेप्टेम्बर २९ तारिखका दिन सामूहिक बलात्कारपछि हत्या गरिएकीको घर रहेको हाथरसतर्फ गइरहेका बेला उनीहरुलाई पक्राउ गरिएको समाचारमा जनाइएको छ।
उनीहरुलाई उत्तर प्रदेशको प्रहरीले नियन्त्रणमा लिएको अधिकारीहरुले जानकारी दिएका छन्। गान्धीद्वयसँगै अन्य केही नेताहरुलाई पनि गौतम बुद्ध नगरबाट पक्राउ गरिएको हो।
कांग्रेस कार्यकर्ताहरुका अनुसार दिल्ली नोएडा राजमार्गमा र्याली गरेर हाथरसतर्फ गइरहेका बेला उनीहरुलाई प्रहरीले अवरोध गरेको थियो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
