अमेरिका र बेलायतका लागि नेपाली राजदूतमा खतिवडा र रेग्मी सिफारिस

नयाँ मुख्यसचिव बने शंकरदास वैरागी

काठमाडौँ । नेपाल सरकारले अमेरिकाको राजदूतमा डा. युवराज खतिवडालाई नियुक्त गर्ने सिफारिस गरेको छ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले पूर्वअर्थमन्त्रीसमेत रहेका प्रधानमन्त्रीका आर्थिक सल्लाहकार खतिवडालाई अमेरिकाका लागि नेपाली राजदूत नियुक्त गर्न सिफारिस गरेको हो।

Advertisement

त्यसैगरी मन्त्रिपरिषदले बिहीबार नै मुख्य सचिवबाट राजीनामा दिएका लोकदर्शन रेग्मीलाई बेलायतका लागि नेपाली राजदूत नियुक्त गर्न सिफारिस गरेको सरकार निकट स्रोतले जनाएको छ।

राष्ट्रपतिले खतिवडा र रेग्मीलाई राजदूत नियुक्त गर्नुअघि संसदीय समितिले सरकारको सिफारिस अनुमोदन गनुपर्ने व्यवस्था छ।

त्यसका लागि संसदले चाँडै नै सुनुवाइ प्रक्रिया सुरू गर्नेछ।

यस्तै मन्त्रिपरिगाद्को बैठकले मुख्यसचिवमा भने परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीलाई नियुक्त गर्ने निर्णय गरेको छ।

अर्थमन्त्रीबाट राजीनामा दिएका डा. खतिवडा केही दिनअघि मात्रै प्रधानमन्त्रीको प्रमूख आर्थिक सल्लाहकार नियुक्त भएका थिए।

More News last news
Loading...