काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर कोरोनाभाइरस संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा २ महिला र ५ पुरुष रहेका छन्। मृतकमा काठमाडौँका २ महिला र १ पुरुष रहेका छन् भने रुपन्देही, सप्तरी, मोरङ र सुनसरीका ४ पुरुष रहेका छन्।
त्यस्तै हाल देशभर २०१ जना आईसीयु र ३० जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार हालसम्म कोरोना संक्रमितको कुल संख्या ७७ हजार ८१७ पुगेको छ । आजमात्रै थप १५५९ जनामा संक्रमण पुष्टि भएको छ।
बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौँ उपत्यकामा मात्रै ९०२ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए। उनका अनुसार ललितपुरमा ११२, भक्तपुरमा ९३ र काठमाडौँमा ६९७ जनामा संक्रमण पुष्टि भएको छ ।
त्यस्तै आज देशभर सक्रिय संक्रमित १० हजार ८९१ जना रहेका छन् । जसमा संस्थागत आइसोलेशनमा १० हजार ८७ र होम आइसोलेशनमा १० हजार ८०४ रहेको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
