कर्मचारीमा कोरोना पुष्टि भएपछि ताहाचल कार्यालयबाट श्रम स्वीकृति बन्द

काठमाडौँ । वैदेशिक रोजगार कार्यालय ताहाचलबाट श्रम स्वीकृति दिने काम बन्द भएको छ।

कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना सङक्रमण पुष्टि भएपछि सेवा रोकिएको वैदेशिक रोजगार कार्यालयले जनाएको छ।

Advertisement

कर्मचारीमा कोरोना देखिएकाले अनिश्चितकालका लागि श्रम स्वीकृतिसहित सबै सेवा बन्द भएको हो।

सरकारले भदौ महिनादेखि श्रम स्वीकृति खुलाएको थियो भने पुनः श्रम स्वीकृति सेवा गएको असार १८ गतेदेखि नै दिन थालिएको थियो।

कार्यालय खुल्ला रहे पनि सेवा भने प्रवाह नहुँने कार्यालयले जनाएको छ।

More News last news
Loading...