काठमाडौँ । निर्वाचन आयोगमा दर्ता भएका १३२ मध्ये ७८ दलले आर्थिक वर्ष २०७५/०७६ को आय व्यय विवरण निर्धारित समयभित्र आयोगलाई नबुझाएको फेला परेको छ ।
आर्थिक वर्ष सम्पन्न भएको ६ महिनाभित्र आयव्यय विवरण आयोगमा बुझाउनुपर्ने राजनीतिक दलसम्बन्धी ऐनमा व्यवस्था भएपनि अहिलेसम्म ५४ वटा दलले मात्रै समयमै खर्च विवरण बुझाएका छन् ।
अहिलेसम्म ५४ वटा दलले मात्रै विवरण बुझाएको निर्वाचन आयोगको रेकर्डमा देखिन्छ ।
आयोगले आव २०७५/७६ को विवरण अहिलेसम्म नबुझाउने दलहरुलाई स्मरणपत्र पठाएको आयोगका उपन्यायधिवक्ता रुद्रप्रसाद सुवेदीले जानकारी दिए । उनका अनुसार, दलहरुलाई समयमा आयव्यय विवरण बुझाउन ताकेता गरिएको छ।
उनका अनुसार, संघीय संसदमा प्रतिनिधित्व गर्ने नेकपा, नेपाली काँग्रेस, जनता समाजवादी पार्टी लगायतका ठूला दलले आव ०७५र७६ को आयव्यय विवरण समयमै बुझाएपनि आव ०७६/०७७ को विवरण भने कुनै पनि राजनीतिक दलले बुझाएका छैनन्।
यस्तो छ ७५/७६ मा खर्च विवरण बुझाउने दलहरुको सूचि

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
