काठमाडौँ । व्यवसायी चन्द्र प्रसाद ढकाललाई कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ।
आइतबार गरिएको स्वाब परीक्षणमा आफुलाई कोरोना पोजेटिभ देखिएको व्यवसायी ढकालले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका छन् ।
उनले आफ्नो स्वास्थ्यमा कुनै समस्या नरहेको र सामान्य अवस्थामै घरमा सुरक्षित आइसोलेसनमा बसेको बताएका छन् ।
ढकालले केही दिनयता आफ्नो सम्पर्कमा आएका सबैलाई सुरक्षित रहन र आवश्यक स्वास्थ्य सजगता अपनाउन पनि आग्रह गरेका छन्।
ढकालले भनेका छन्, “यस समयमा मैले सतर्कता र सजगता अपनाइरहेको भए पनि हिजो (आइतबार) गरेको स्वास्थ्य जाँचका क्रममा आज बिहान मेरो स्वास्थ्य रिपोर्ट पोजेटिभ देखिएको छ । तर मलाई स्वास्थ्यमा कुनै समस्या छैन, सामान्य अवस्थामै घरमा सुरक्षित आइसोलेसनमा बसेको छु । त्यसैले केही दिनयता मेरो सम्पर्कमा आउनुभएका सबैलाई सुरक्षित रहन र आवश्यक स्वास्थ्य सजगता अपनाउनुहुन यसै सूचनामार्फत आग्रह गर्दछु।”

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
