काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १ हजार ५७३ जनामा कोरोना भाइरस (कोभिड१९) को संक्रमण पुष्टि भएको छ।
आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले सो जानकारी दिएका हुन्।
उनका अनुसार हालसम्म कुल संक्रमितमध्ये ५३ हजार ८९८ निको भइरहेका छन् । आइतबारमात्रै ८८५ डिस्चार्ज भएका छन् ।
यस्तै, आज देशभर देशभर सक्रिय संक्रमितको संख्या १९ हजार १९ रहेको छ ।
जसमा संस्थागत आइसोलशेनमा ८ हजार ३२१ जना र होम आइसोलेशनमा १० हजार ६९८ जना रहेका छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
