काठमाडौँ । प्रमूख प्रतिपक्षी दल नेपाली काँग्रेसकी केन्द्रीय सदस्य डा. डिला संग्रौलाले १२ वर्षीय नाबालिका सम्झना विकको हत्यामा संलग्न जो कोहीलाई तत्काल पक्राउ गरी हदैसम्मको कारवाही गर्न माग गरेकी छन् ।
संघीय संसदकी सदस्य समेत रहेकी नेतृ संग्रौलाले बझाङको मष्टा गाउँपालिका–२ निवासी १२ वर्षीय नाबालिका सम्झनाको शंकास्पद अवस्थामा भएको हत्याप्रति घोर आपत्ति जनाउँदै जघन्य अपराधमा संलग्न जो कोहि भए पनि तत्काल पक्राउ गरी हदैसम्मको कारवाही गर्न सरकारसँग माग गरेकी हुन्।
संग्रौलाले आज (आइतबार) एक विज्ञप्ति जारी गर्दै भनेकी छन्, “गएका केही महिनायता देशभरि नै दलित समुदाय विरुद्ध आक्रमण र हिंसाका घटनाहरु बढ्दै गएका छन् । रुकुम पश्चिममा नवराज विकलगायतका ६ जना युवाहरुको नृशंस हत्यापछि मधेशमा पनि दलित समुदाय विरुद्ध हत्या र हिंसाका घटनाहरू भएका छन् । यो खेद जनक छ।”
कोरोना महामारी नियन्त्रण होस् वा रोग र भोकसँग जुधी रहेका जनतालाई राहत दिने काम होस् वा शान्ति सुरक्षा कायम गर्न नेकपा सरकार असफल हुँदै गएको छ । भ्रष्ट्राचार र अनियमिततामा चुर्लुम्म डुबेको यो सरकारबाट सुशासनको अपेक्षा गर्नु वैशाख/जेष्ठको मध्यान्ह गर्मीमा शीतलको अपेक्षा गर्नु जस्तो हो ।
‘नेपालको संविधान २०७२ ले नागरिकको जीउधनको सुरक्षा राज्यको प्रमुख दायित्व भनेको छ । तर कोरोना महामारी नियन्त्रण होस् वा रोग र भोकसँग जुधी रहेका जनतालाई राहत दिने काम होस् वा शान्ति सुरक्षा कायम गर्न नेकपा सरकार असफल हुँदै गएको छ । भ्रष्ट्राचार र अनियमिततामा चुर्लुम्म डुबेको यो सरकारबाट सुशासनको अपेक्षा गर्नु वैशाख/जेष्ठको मध्यान्ह गर्मीमा शीतलको अपेक्षा गर्नु जस्तो हुँदै गएको छ ।’
‘यस पृष्ठभूमिमा म पुनः सम्झना विक, निर्मला पन्तलगायतका निर्दोष बालिकाहरुको हत्याराको पहिचान गरी कडाभन्दा कडा कारवाही गर्न र दलितलगायत सबै समुदायको जीवन रक्षाको सुनिश्चितता गर्न नेपाल सरकारसँग जोडदार माग गर्दछु,’ विज्ञप्तिमा भनिएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
