काठमाडौँ। नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ। यो सँगै कुल मृतक संख्या ४ सय ६७ जना पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
आज मृत्यु भएकामा सबै आठजना पुरुष छन्। मृतकमध्ये छ जना वृद्ध छन्।
आज मृत्यु हुनेहरुमा काठमाडौँ उपत्यका चारजना छन्। जसमध्ये काठमाडौँका दुई, ललितपु र भक्तपुरका एक/एकजना छन्।
संक्रमित हुनेहरुमा मृत्यु हुनेहरुको प्रतिशतमा ०.६५ प्रतिशत छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
