पछिल्लो २४ घण्टामा नेपालमा थप १२ सय ७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १२ सय ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा शनिबार प्रवक्ता डा जागेश्वर गौतमले थप १२ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए।यो सँगै नेपालमा हालसम्म कूल संक्रमितको संख्या ७१ हजार ८ सय २१ पुगेको छ।

Advertisement

यसैगरी पछिल्लो २४ घण्टामा कोरोनामुक्त भएर ११ सय ४७ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या ५१ हजार १३ जना पुगेको छ । त्यस्तै २४ घण्टामा नेपालमा थप ८ जनाको मृत्यु भएको छ ।

More News last news
Loading...