बेरोजगारलाई भत्ता र मजदुरलाई ६ महिनाको रासन दिन ११ दलको माग

काठमाडौँ । नेकपा मसाल, नेकपा क्रान्तिकारी माओवादीसहितका साना ११ राजनीतिक दलले बेरोजगारहरुलाई बेरोजगारी भत्ता दिन माग गरेको छ।

यस्तै मजदुर र विपन्न वर्गका जनतालाई कम्तिमा आगामी ६ महिनाको रासनको एकमुष्ट व्यवस्था गर्न पनि ११ दलले सरकारसँग माग गरेको छ।

Advertisement

११ दलको बैठकपछि जारी गरिएको विज्ञप्तिमा पीसीआर परीक्षण अहिलेको भन्दा तीन गुणा बढाउन, कोभिड–१९ को खर्चको विवरण तुरुन्त सार्वजनिक गर्न, स्वास्थ्य सामग्री खरिदमा भएको भ्रष्टाचारको छानबिन गर्नलगायतका माग गरिएको छ।

यस्तै भोकभोकै परेका विपन्न वर्गका जनता प्रति सरकारले कुनै जिम्मेवारी नलिइराखेको तर खानपिन लगायत अन्य सहयोग गर्ने स्वयम्सेवी संस्थाहरु र जनसेवी व्यक्तिहरुलाई बैठकले धन्यवाद ज्ञापन गरेको छ।

यस्तै, ११ दलले दलितहरू माथि भैरहेका हत्या, हिंसा र उत्पीडनमा संलग्नहरू माथि कडा कारवाही गरी यसको अन्त्यका लागि ठोस कदम चाल्न पनि आग्रह गरेको छ।

More News last news
Loading...