विश्वभर एकैदिन थपिए ३ लाख १७ हजार बढी कोरोना संक्रमित

काठमाडौँ । विश्वमा कोरोना भाइरस संक्रमितको संख्या ३ करोड २७ लाख ५८ हजार ९८८ पुगेको छ।

पछिल्लो २४ घण्टामा मात्रै विश्वभर ३ लाख १७ हजार ६४० जना नयाँ संक्रमित थपिएका छन्।

Advertisement

शनिबार बिहानसम्मको तथ्यांक अनुसार कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९ लाख ९२ हजार ९६८ पुगेको छ। एकैदिन ५ हजार ८०८ संक्रमित थपिएका छन्।

अहिलेसम्म २ करोड ४१ लाख ६७ हजार ४४८ जनाले कोरोनालाई जितेका छन्।

विश्वमा ७५ लाख ९० हजार ६३५ जनामा सक्रिय संक्रमण छ । संक्रमित ६३ हजार ७१७ को अवस्था गम्भीर छन्।

सबैभन्दा धेरै संक्रमण फैलिएको अमेरिकामा एकैदिन ५३ हजार ३३२ संक्रमित थपिएका छन्।

अमेरिकामा कोरोना संक्रमितको संख्या ७२ लाख ४३ हजार ३ पुगेको छ। अहिलेसम्म २ लाख ८ हजार ४४०ले ज्यान गुमाएका छन्।

त्यस्तै भारतमा एकैदिन ८५ हजार ४६८ जनामा संक्रमण पुष्टि भएको छ। दोस्रो धेरै संक्रमित भारतमा अहिलेसम्म ५९ लाख १ हजार ५७१ पुगेको छ।

More News last news
Loading...