पाल्पाको रम्भामा पहिरोमा परी बेपत्ता भएका ५ जनाकै शव फेला

पाल्पा । पाल्पाको रम्भा गाउँपालिका २ फोक्सिङकोटमा पहिरोले घर पुरिँदा हराएका ५ जनाकै शव फेला परेको छ ।

पहिरोमा पुरिएका ६० वर्षीय हुमबहादुर गाहा, उनकी श्रीमती ५० वर्षीया धनिसरा गाहा, १७ वर्षीया छोरी कृष्णमाया गाहा, नातिनीहरु १४ वर्षीया खुमिसरा आले र ८ वर्षीया लक्ष्मी गाहाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

Advertisement

बिहीबार बिहान पहिरोले घर पुरिँदा परिवारका ५ जना बेपत्ता भएका थिए ।

बिहीबार निरन्तर झरी पर्ने र पहिरो जाने क्रम नरोकिएपछि हिजो बिहानदेखि खोजी सुरु गरिएको थियो। उनीहरुको हिजो बेलुका शव भेटिएको हो।

बिहीबार नै पहिरोले घर पुरिँदा रम्भा गाउँपालिका वडा नम्बर २ की २७ वर्षीया मोतीसरा गाहाको ज्यान गएको थियो।

More News last news
Loading...