देशभरिका धार्मिक स्थानहरु खुला गर्न सरकारलाई एक हप्ते अल्टिमेटम

काठमाडौँ । संयुक्त धार्मिक संगठन संघर्ष समितिले एक हप्ताभित्र देशभरिका धार्मिक स्थानहरुमा गरेको निषेधाज्ञा हटाउन अल्टिमेटम दिएको छ।

सरकारले धार्मिक स्थानहरुमा लगाएको निषेधाज्ञा नहटाए कडा कदम चाल्न बाध्य हुने संघर्ष समितिको चेतावनी छ। शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर संघर्ष समितिले जनताले धर्म, संस्कृति, सभ्यता, पूजा, अर्चना, न्यास र ध्यान गर्न पाउनुपर्ने बताउँदै अविलम्ब देशभरिका धार्मिक स्थानहरु खुला गरिनुपर्ने माग गरेको हो।

Advertisement

उसले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘जुनसुकै बहाना र आवरणमा धर्म मान्न पाउने नेपाली जनताको राष्ट्रिय धर्ममाथि आघात् पुर्याएर यो सरकार र यसका देशी तथा विदेशी मतियारहरु जसले राष्ट्र धर्मममा विचलन ल्याएका छन्। गर्दा गर्दै राष्ट्रिय झण्डा जल्न थालेको छ, ती विचलनकारी र यस्ता राष्ट्रधर्म विरोधीहरुबाट अब देशले मुक्ति पाउनुपर्छ।’

कोरोना महामारीको नाउँमा नेपालका धार्मिक अनुष्ठान देवालयहरुमा दर्शनार्थीहरुलाई जान, पूजाअर्चना गर्न निषेध गरिएकोमा सयुक्त समितिको आपत्ति छ।

त्यस्तै, समितिले यही असोज १ गते पशुपति क्षेत्रको भुवनेश्वर मन्दिर प्राङणमा पशुपतिनाथ मन्दिर खोल्नुपर्छ भन्ने माग राख्दै भजन गरेर वसेका भक्तहरुलाई प्रहरी हस्तक्षेप गरेकोमा पनि सरकारको घोर भत्र्सना गरेको छ।

कार्यक्रममा सनातन संस्कृति समाज नेपालका अध्यक्ष हरिबोल भट्टराईले राज्यले जनताको हक निषेध र नियन्त्रण गर्न नहुने बताउँदै नियमित र व्यवस्थित् गर्नुपर्नेमा जोड दिएका छन्।

More News last news
Loading...