निजामति कर्मचारी युनियनको निर्वाचन सार्ने निर्णय तत्काल फिर्ता लिन काँग्रेसको माग

काठमाडौँ । प्रमूख प्रतिपक्षी दल नेपाली काँग्रेसले निजामति कर्मचारी युनियनको निर्वाचन सारेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

काँग्रेस श्रमिक तथा ट्रेड युनियन विभागका प्रमुख शिवप्रसाद हुमागाँईले बिहीबार एक विज्ञप्ति जारी गर्दै निजामति कर्मचारी युनियनको निर्वाचन रोक्नु दुःखद् भएको जनाएका हुन्।

Advertisement

सरकारले निजामति कर्मचारीहरुको आधिकारिक युनियनको निर्वाचन पटक–पटक सार्ने कार्य गरी संविधानप्रदत्त मौलिक हकको हनन् गरेको हुमागाँईले बताए।

संविधानको धारा १७ बमोजिम संघ-संस्था खोल्न पाउने र धारा ३४ बमोजिम युनियन खोल्ने र सामुहिक सौदावाजी गर्न पाउने नैसर्गिक अधिकारको कुरामा हस्तक्षेप गरी लोकतन्त्रमाथि नै क्रमशः प्रहार गर्ने दुष्प्रयास गरेको काँग्रेसको आरोप छ।

विज्ञप्तिमा भनिएको छ, नेपाली काँग्रेस कुनै पनि वर्ग र समुदायको लोकतान्त्रिक अधिकारमाथि हुने अतिक्रमणको भत्र्सना गर्दछ।

निर्वाचनको घोषणा गरेर अन्तिम तयारी भइसकेको अवस्थामा विभिन्न वाहनावाजी गरी आफू अनुकूल परिणाम नआउने देखी विधि विधानलाई लत्याई पेशागत सम्मान, मौलिक हक र युनियन अधिकारमाथि अंकुश लगाउने काम भएको काँग्रेसको भनाइ छ।

बुधबारको मन्त्रिपरिषद्को बैठकले आगामी असोज २४ गतेका लागि तय गरिएको निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनको चुनाव आगामी मंसिर २७ गतेसम्म स्थगित गर्ने निर्णय गरेको थियो।

यस्तो प्रेस विज्ञप्ति

More News last news
Loading...